पाँच दलीय गठबन्धनले छिमेकीसँगको सम्बन्ध विगारिरहेको ओलीको आरोप



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् । चितवनको भरतपुरमा शनिबार १० औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी छिन्नभिन्न भएका बेला र विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भएका बेला प्रतिद्वन्द्वीताको कुरा नगर्न आग्रह गरेका हुन् ।

उनले प्रतिपक्षीसँग प्रतिस्पर्धा हुने भएपनि पार्टीभित्र भने एकता मुख्य कुरा भएको बताए । उनले कम्युनिष्ट पार्टीको स्थापना पार्टीको संख्या मात्र थप्नका लागि नभएको भन्दै युग परिवर्तनका लागि भएको बताए । उनले भने,‘यो पाटी स्थापना पार्टीको संख्या बढाउनका लागि मात्र नभएर युग परिवर्तनका लागि भएको हो । कहिले अपेक्षित सफलता प्राप्त गर्न सकेनौं । उतारचढाव भइरहे । प्रतिरोधी क्षमता विकास गर्न सकेनौं। तर लोकतन्त्र जोगाउनु हाम्रो ठूलो अभिभारा छ।’

लोकतान्त्रिक आन्दोलनको अभिभारा अघि बढाउँदै आएको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट हैसियतमा पुगेको बताए । उनले जनताको समर्थन एमालेसँग छ भन्ने कुरा महाधिवेशन उद्घाटनमा देखिएको जनलहरबाट स्पष्ट भएको बताए । उनले जनलहरबाट एमालेलाई सिध्याइयो भनेर खुसी मनाउनेहरूलाई चुनौती दिएको बताए ।

उनले भने,‘हिजोमात्रै एकवर्ष भयो हामीबाट पार्टी खोसिएको थियो । हामीपार्टीबाट निस्कासित भएका थियौं । अहिले पुनर्जिवित मात्र भएको छैन, देशको निर्णायक पार्टीको रुपमा स्थापित भएको छ । अहिले हाम्रो नीति नै देशमा लागू भएको छ । पाँच दलीय गठबन्धनले हाम्रा नीति कार्यान्वयन नगर्न सक्छ त्यो गलत हुनेछ ।’

उनले आफूहरुको विदेश नीति स्वाधिनताको रक्षा र अहस्तक्षेपको नीति रहेको बताए । उनले भने, ‘सार्वभौम मुलुकको समानताका साथ हाम्रा सम्बन्धहरु अगाडि जानुपर्छ । कुनै समस्या छन् भने वार्ताको माध्यमबाट समाधान खोजिनुपर्छ । हामी हिंसाको पक्षमा छैनौं । तर पाँच दलीय गठबन्धनले सन्तुलित छिमेकी सम्बन्ध विगारिरहेको छ । त्यसतर्फ हामी सचेत हुनुपर्छ।’

उनले शक्ति पृथकीकरणको सिद्धान्त, न्यायालयको गरिमा जोगाउनुपर्ने भन्दै न्यायालयमा भएको विकृतिको असर लोकतन्त्रमा पर्ने कुरा चिन्ताको विषय भएको बताए । उनले यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफलका लागि सभामुखले बोलाए बैठक

  काठमाडौं । सभामुख देवराज घिमिरले मंगलबार विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपील

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान

वैशाख २८ अघि नै प्रधानमन्त्रीले संसदीय छानबिन समिति बनाउनेमा हामी विश्वस्त छौंः प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर) । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट

जसपा विभाजनको असर एकीकृत समाजवादीमा, माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी