न्यायाधीशहरुको राजीनामा नमाग्न ओलीलाई प्रधानमन्त्रीको चेतावनी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने बताएका छन् । । बुधबार नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरे ।

उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताए ।

उनले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

प्रधानमन्त्रीले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफलका लागि सभामुखले बोलाए बैठक

  काठमाडौं । सभामुख देवराज घिमिरले मंगलबार विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपील

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान

वैशाख २८ अघि नै प्रधानमन्त्रीले संसदीय छानबिन समिति बनाउनेमा हामी विश्वस्त छौंः प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर) । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट

जसपा विभाजनको असर एकीकृत समाजवादीमा, माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी