दलहरुबीच सहमति भए तत्कालै एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री



उदयपुर । परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले सोमबार जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।”

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए ।

उनले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए । उनले यस आर्थिक वर्षमा दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताए ।

यस्तै त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली राजनीतिले सिक्नुपर्ने एउटा चुनाव

नारायण गाउँले । विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक

धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी

कसै न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा विकासको गति बढाउन नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था