लिलाम बढाबढमा कुख्यात अमेरिकी गुन्डा नाइकेका सामान ३० लाख डलरमा बिक्री



कुख्यात अमेरिकी गुन्डा नाइके अल कुपोनका सरसामान सङ्ग्रह ३० लाख अमेरिकी डलरमा विक्री भएको छ । यसै सप्ताहान्त क्यालिफोर्नियामा भएको एउटा लिलाम बढाबढमा ती सरसामान विक्री गरिएको हो ।

अल कुपोनका करिब १४७ सरसामानमा बन्दुकदेखि उनका निजी तस्वीरहरू, गरगहना तथा फर्निचर थिए । ‘बदनामीको एक शताब्दीः अल कुपोनका सम्पत्ति’ नाम दिइएको लिलाम बढाबढ कार्यक्रम एउटा निजी क्लबमा गरिएको थियो । लिलाम बढाबढमा करिब एक हजार क्रेताहरू सहभागी भए । सबैभन्दा मन पराइएको सामानको रूपमा कुपोनको बन्दुक रह्यो जुन आठ लाख ६० हजार डलरमा विक्री भयो र।

द शिकागो ट्रिब्युन पत्रिकाका अनुसार २०औँ शताब्दीको एउटा बन्दुक सबैभन्दा उच्च रकममा विक्री भएको ठानिएको छ । अल कुपोन शिकागोका गुन्डा नाइके थिए जो सन् १९२० को प्रतिबन्धात्मक समयमा अपराधको दुनियाँमा ’पब्लिक इनेमी नम्बर वान’ अर्थात् जनताका एक नम्बरको शत्रुका रूपमा चिनिन्थे । अन्ततः उनी करछलीको अभियोगमा जेल जानुपर्यो र उनले अलकुट्राज कारागारमा थुप्रै वर्ष बिताए ।

अल कुपोनले प्रयोग गरेका सरसामान उनको मृत्यु भएको करिब ७५ वर्षसम्म परिवारसँग रह्यो । सन् १९४७ मा उनको मृत्यु भएको थियो । अल कुपोनका तीन जीवित नातिनीमध्ये एक डिआन क्यापोनीले आफू र बुढ्यौली लाग्न लागेका आफ्नी दिदीहरूको सल्लाहमा ती सरसामान विक्री गरेको समाचार संस्था रोयटर्सलाई बताइन् ।

उत्तरी क्यालिफोर्नियास्थित आफूहरूको घरमा जङ्गली जनावरहरूको आक्रमणको बढ्दो जोखिम पनि ती सरसामान बेच्नुको एउटा कारण भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड