प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित



काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरेका छन् । सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई सभामुखले आफू विरुद्ध लगाइएको मुद्धा अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्धाहरुमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने बताए ।

उनले अतिआवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरुको ध्यानाकर्षण गराए । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

सोही मुद्धा अदालतमा विचाराधिन रहेकाले न्याय निरुपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्न लगाउने नमिल्ने सभामुख सापकोटाको तर्क थियो ।

सभामुख सापकोटाले बैठक सुचारु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरुलाई अस्वीकार गर्दै वेलमा नाराबाजी गरिरहेका थिए । यसैबीच सभामुख सापकोटाले बैठकमा राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण गरेर संसदमा पठाएको विनियोजन विधेयक २०७८ पढेर सुनाएका थिए ।

त्यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ