एमालेको विधान महाधिवेशन सर्‍यो, अब असोज १५ गतेदेखि हुने



काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको हो ।

यसअघि विधान महाधिवेशन असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको थियो । सचिव योगेश भट्टराईकाअनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो ।

त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बोलाइएको छ । उनका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनहरु प्रस्तुत हुनेछन् ।

स्थायी कमिटीमा ती प्रतिवेदनमाथि छलफल गरी प्राप्त सुझावहरुलाई असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने छ । केन्द्रीय कमिटी बैठकमा छलफल गरी ती दस्तावेजहरु विधान महाधिवेशनमा पेस गरिने सचिव भट्टराईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८