कोरोना संक्रमणबाट २५ जनाको मृत्यु, २३३७ संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७५६४९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७०८२३० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०६३८ पुगेको छ । क्वारेन्टाइनमा ३३७ जना रहेका छन् भने आइसोलेसनमा ३७५९९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।