भारतीय पक्षको ज्यादती रोक्न माग गर्दै पाँच विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले महाकाली नदी वारपार गर्न लगाएको तुइन काटेर भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरेको छ ।,

सत्तारुढ दलहरू कांग्रेस, माओवादी, जसपा, एमाले र जनमोर्चाका विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार बिहान ज्ञापनपत्र बुझाउँदै सीमाक्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरेको हो ।

संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं ।’

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । उनको अवस्था अज्ञात छ ।

त्यसैगरी संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेको भन्दै विरोध जनाएका छन् ।

त्यस्तै, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरूबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै संयुक्त विद्यार्थी संगठनले उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै