रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिकः अध्यक्ष बराम



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह गरिनुपर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्ताव राष्ट्रियता र संविधानकै विरुद्ध रहेको बताएको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे धारणा सार्वजनिक गरेपछि महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘मुलुकलाई अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियताविरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ । यस्ता खाले राष्ट्रियता र संविधानविरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं।’

साथै यसरी ‘संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्ध’मा लाग्ने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउन महासंघले सरकारसँग मागसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा

ओखलढुङ्गाको बेतेनीमा डढेलोमा परी आमाछोराको मृत्यु

ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । सोमबार

गण्डकीमा सभामुखको कदम संविधान माथिकै ठाडो प्रहार भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट भएको असंवैधानिक कार्यप्रति घोर निन्दा र

अशोक राई नेतृत्वको जसपालाई आयोगले दियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता