थप २२०२ जनामा कोरोना संक्रमण, १५९५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २२०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२०२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७०९५३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६०७ पुगेको छ । क्वारेन्टाइनमा ३२६ जना छन् भने आइसोलेसनमा २६४१९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।