साउन १५ भित्र ३२ लाख डोज खोप भित्रिसक्ने, अब सबै नागरिकलाई खोप
काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भइसकेको जानकारी दिएका हुन् ।
आवश्यक खोपको व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको अधिकारीले बताएका छन् । हाललाई भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै निःशुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनले साउज १५ गतेभित्र ३२ लाख खोप भित्रिसक्ने र त्यसपछि निरन्तर आवश्यक खोप आउने जानकारी दिएका छन् ।