थप १६९० जनामा कोरोना संक्रमण, १५३३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १६९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६५७१३९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५३३ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा २९९ जना छन् भने आइसोलेसनमा २६७१२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।