अमेरिकाले नेपाललाई १५ लाखभन्दा बढी डोज खोप निःशुल्क दिने
काठमाडौं । अमेरिकाले अबको केही दिनमा १५ लाखभन्दा बढी नेपालीहरुलाई पुग्ने गरी कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउने जानकारी दिएका हुन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निःशुल्क उपलब्ध गराउँदैछ। नेपाल–अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ।’