कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, १५६५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७१८ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६४८०८५ पुगेको छ ।
त्यस्तै पछिल्लो घण्टामा थप १५ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १५६५ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३३० जना छन् भने आइसोलेसनमा २५८२८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।