कोरोना संक्रमणबाट २७ जनाको मृत्यु, २५५२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४८७६ जनाको परीक्षण गर्दा १०४२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टिजेन विधिबाट ३२५६ जनाको परीक्षण गर्दा ५६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । त्यस्तै २५५२ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा २९५ जना रहेका मन्त्रालयले जनाएको छ ।