विपन्न राष्ट्रहरूलाई एक अर्ब डोज खोप दिने जी-सेभेनका नेताहरुको वाचा



धनी राष्ट्रहरूको समूह जी–सेभेनको बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् । ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जनाएका छन् ।

उक्त परिमाणमा वेलायतले दिने भनेको १० करोड मात्रा पनि समाविष्ट छ । विश्वलाई खोप लगाउने यो अर्को महत्वपूर्ण कदम भएको उनले बताए । पत्रकार सम्मेलनमा उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै ‘विश्वकै सबैभन्दा लोकप्रिय खोप’ भएको बताएका छन् ।

लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई उदारतापूर्ण कार्य को सङ्ज्ञा दिए । उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय, शिकार आरक्षमा झनै समस्या

कुम्भराज राई, काठमाडौँ । विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच

ट्रम्पको रिस टार्न खोज्दै मोदी

वासिङ्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको

उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै

सियोल  । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको