थप ३८७० जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ३८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप ३८७० जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षणमा १२८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९५३६४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६५७० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५०४५३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८०९८ पुगेको छ । क्वारेन्टाइनमा ७४७ जना छन् भने आइसोलेसनमा ८२७३६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।