आजदेखि ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको खोप दिइँदै



काठमाडौं । सरकारले आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो । मन्त्रालयका अनुसार नेपालभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ ।

खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसपटक खोपको दोस्रो मात्रा सुनिश्चित गरेर पहिलो मात्रा दिन लागेको हो । चीन सरकारले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय, शिकार आरक्षमा झनै समस्या

कुम्भराज राई, काठमाडौँ । विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच

संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पार्छौंः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा