थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८०५ जनामा गरिएको पीसीआर परीक्षणमा ५३१६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टिजेन विधिबाट ३०७३ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७२१९ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ८३७ जना छन् भने आइसोलेसनमा ११९९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।