कोरोना संक्रमणबाट थप १६९ जनाको मृत्यु, ६४०४ संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ८३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८३८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२८८४८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६४०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४०४८८७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७०० पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना छन् भने आइसोलेसनमा ११७२६१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।