सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । आज एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ ।

उनले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको बताए । मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ ।

यस्तै मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए छ महिना करारमा लिनसमेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आइसियु) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

म राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने

पूर्वराजालाई कांग्रेस सांसदको चुनौतीः यदि सत्तामा फर्किने हो भने ८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमा भाग लिएर

हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि