थप ३५५६ जनामा कोरोना संक्रमण, ३७८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०३५६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३७८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७७९५१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ । क्वारेन्टाइनमा ६५ जना छन् भने आइसोलेसनमा २२४३४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।