भारतमा एकैदिन ३ लाख ५४ हजारमा कोरोना पुष्टि,दिल्लीमा मात्रै २२,९१३ संक्रमित थपिए



पछिल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा सोमबार लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ । यसअघि आइतबार ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८०६ जनाको मृत्यु भएको छ ।भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ रहेको छ

यस्तै, भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३५० जनाको मृत्यु भएको छ भने थप २२ हजार ९१३ जनामा नयाँ संक्रमित थपिएको छ। संक्रमण बढेपछि दिल्लीमा लकडाउन लम्ब्याइएको छ भने महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् । ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा

करिव आठ करोड रुपैयाँ बराबरको कोकिनसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय