हामी घृणाका होइन प्रेमका प्रसारक हौँ



डा. गोविन्दशरण उपाध्याय ।

नेपालमा “क्रान्ति“ शब्दनै रक्तरञ्जित भएको छ, क्रान्ति शब्दसँग वितृष्णा, घृणा तथा गहिरो दुःख प्रकट हुन्छ । वेद (ज्ञान–विज्ञान)मा आधारित भएर नेपालसहित विश्वको उन्नतिको लागि बौद्धिक तथा व्याबहारिक क्रान्तिको मार्ग अवलम्वन गर्नुको साटो विदेशी राजनैतिक प्रतिमानको रक्तरञ्जित (मान्छेको हत्या गर्ने/गराउने) आदर्श बोकेर फेरी पनि क्रान्तिको हाक दिनेहरूप्रति विनम्रता र कठोरतापूर्वक असहमत हुनैपर्छ ।
क्रान्ति गर्नै छ भने आफ्नै मौलिकताको आदर्शको डोकोमा विश्वका सबै भन्दा अब्बल ज्ञान–विज्ञानहरू राखेर नेपाल र नेपालीसहित विश्वलाई “सम्पूर्ण विश्व हाम्रो घर हो, विश्वका हरेक मान्छे सुखी होउन्“ भन्ने क्रान्ति गरौँ । अहँ, अब रक्तरञ्जित क्रान्तिको रक्तपिपासु कुरा कत्ति पनि नगर । रक्तपातपूर्ण क्रान्तिका बैचारिक सूत्राधार र ती विचारहरूको विश्वबाट सधैंका लागि अन्त्य होस् । जहिलेसम्म रक्तपिपासु बैचारिक सूत्रहरू (जातजातिका आधारमा, भूगोलका आधारमा, धर्मका आधारमा, बर्गका आधारमा, धनि र गरिवका आधारमा एकआपसमा घृणा र शत्रुता फैलाउने) विश्वमा रहन्छन्, विश्वको एकजना मान्छे पनि सुरक्षित छैन ।

हामी घृणाका होइन प्रेमका प्रसारक हौँ । हामी अशान्तिका होइन शान्तिका सूत्र हौं । हामी असहमतिका होइन सहकार्य, सहभोजन, सहगमनक पक्षधर हौँ । सदाचार, सद्विचार, संवाद, सहअस्तित्व र विश्वका जीवित तथा निर्जीव दुवैको कल्याण नै हाम्रो धेय हो, घोषित लक्ष्य हो । हाम्रा ऋषिमुनिहरूले अर्काको जीवन रक्षाको लागि आफ्नो जीवन अर्पण गर्ने क्रान्ति सिकाएका छन् । अव विश्वका लागि ज्यान लिने र दिने क्रान्ति होइन, सबैको सहअस्तित्वको लागि क्रान्तिको आवश्यकता छ । हाम्रो पथ प्रष्ट छ । हामी हिंसाका पक्षमा छैनौँ ।

हाम्रो बुद्धिबाट, मनबाट, व्यबहारबाट हिंसाको सधैंका लागि अन्त्य होस् । विश्वका हरेक मानिसमा सहअस्तित्वको बैचारिक सुगन्ध भर्ने काम हाम्रो काँधमा छ, यदि यो ऋषिमार्गको स्वामित्व हामीले ग्रहण गरेनौं भने अरू कसैले ग्रहण गर्ने छ । हामीले आफैलाई चिनौं र आत्म कल्याणसहित परिवारको, समाजको राष्ट्रको र विश्वको कल्याणका लागि अग्रसर बनौं ।
स्वस्ति अस्तु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनी प्रक्रिया पूरा नगरेका बर्दिवासका पाँच वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ)। भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउसोदेखि