कसरी गर्ने वायु प्रदुषण नियन्त्रण ?



डा. रवीन्द्र पाण्डे ।
काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वायु प्रदुषणले विकराल अवस्था उत्पन्न भएको छ । यो सामान्य अवस्था हैन । यो प्रदुषण तत्काल हट्ने देखिदैन । पर्सी बुधबार हल्का बर्षा हुने जनाएपनि आगामी केही दिन ठूलो बर्षा हुने वा हुरी चल्ने देखिदैन ।

यो स्तरको प्रदुषण नहुँदा पनि २ बर्ष पहिले भारतले जनस्वास्थ्य संकटकाल लगाएको थियो । प्रदुषण न्यूनीकरण गर्नको लागि सरकारले तात्कालिक रुपमा आमनागरिकलाई घरमै बस्न आग्रह गर्ने, स्कुल तथा कलेजमा बिदा दिने, यातायातका साधनलाई केही समयको लागि जोरबिजोर प्रणाली अनुसार संचालन गर्ने, मालबाहक ट्रकलाई रातिमा मात्र चल्न दिने, मास्कको प्रयोगमा कडाइ गर्ने, सार्वजनिक कार्यक्रम नगर्ने आदि गर्नुपर्दछ ।.
दीर्घकालीनरूपमा प्रदुषण समाधानको लागि :
१. वृक्षारोपण कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने ।

२. हरेक घरमा अक्सिजन प्रचुर दिने खालका बोटबिरुवा रोप्न सहजीकरण गर्ने, छत तथा गमलामा तरकारी/फलफूल/फूल रोप्नको लागि स्थानीय निकायले माटोको गमला उपलब्ध गराउने तथा हरेक चोकमा अक्सिजन प्रचुर दिने पिपलको रुख लगाउने कार्य संचालन गर्ने ।
३. सानो ठाउँ हुनेले घ्यूकुमारी, तुलसी, निम, मनि प्लान्ट लगायत लगाउने ।

४. डाँडापाखामा भइरहेको डोजर आतंक बन्द गर्ने । हरेक डाँडामा प्लटिङ रोक्ने, स्थानीय निकायमार्फत व्यापक वृक्षारोपण गर्ने ।

५. प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने ।

६. जनसंख्याको चाप भएका जिल्लामा तथा उक्त स्थानमा हावा प्रवेश गर्ने दिशामा रहेका सम्पूर्ण इट्टाभट्टा बन्द गरेर अन्य स्थानमा प्रतिस्थापन गर्ने ।

७. बसपार्कलाई नागढुंगामा सार्ने ।

८. उपत्यका भित्रिने सवारीसाधनलाई नागढुंगामा धोएर मात्र प्रवेश गर्ने ब्यबस्था मिलाउने ।

९. मापसे चेक गरेजस्तै हरेक सवारीसाधनको बिभिन्न ठाउँमा चेक जाँच गर्ने । प्रदुषणको मापदण्ड अनुसार नभए मर्मत गरेर मात्र चलाउन अनुमति दिने । पुराना सवारीसाधनलाई बिस्थापित गर्ने ।

१०. विद्युतीय सवारीसाधनमा भन्सार छुट गर्ने, प्रयोगको प्रवद्र्धन गर्ने ।

११. रुटमा चल्ने गाडी लामा वा दुईतले तथा विद्युतीय मात्र हुनुपर्ने ।

१२. फोहोरमैला व्यवस्थापन समयमै गर्ने ।
छालाको एलर्जी, श्वासप्रश्वासको एलर्जी, आँखाको एलर्जीदेखि प्राणघातक क्यान्सर, फोक्सोको रोग, मुटुको रोग तथा मस्तिष्कको रोगको प्रमुख कारक प्रदुषण भएको तथ्य हामीले बिर्सिनु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौं । नेपालमा पर्यटक आगमनमा बृद्धि हुँदै गएको छ । विगत वर्षको तुलनामा

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन

काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ ।  काठमाडौँ  बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा

‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको