भारतको कोभ्याक्सीन खोपलाई नेपालमा अनुमति



काठमाडौं । नेपालको औषधि व्यवस्था विभागले भारतीय कम्पनी भारत बायोटेकले विकास गरेको कोभ्याक्सीन नामक कोभिडविरुद्धको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार यो सहित अब ३ वटा खोपले त्यसरी आपत्कालीन अनुमति प्राप्त गरिसकेको छ । अक्सफर्ड आस्ट्राजेनेकाको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशिल्ड, चिनियाँ सिनोफार्म अनि भारत बायोटेकको कोभ्याक्सीनले यसरी अनुमति पाएका छन् ।

कोभ्याक्सीनलाई कोभिशिल्डजस्तै २ देखि ८ डिग्री तापक्रममा राख्न सकिन्छ। यो खोपको पनि दुई मात्रा लगाउन जरुरी हुन्छ । विभागले निजी क्षेत्रलाई पनि खोप ल्याउन सहज हुनेगरी पक्रियाहरू अघि बढाइएको भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रे।  नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको