युवाहरू नेतृत्वमा आउने परिवेश नहुञ्जेल यो मुलुकको भविष्य देखिन्न



केशवप्रसाद भट्टराई ।
१. माओवादी भित्र छिरेपछि एमालेको प्रजातान्त्रिक धार भुत्ते हुँदैथियो ।
यी दुई अलगिदा मुलुक र प्रजातन्त्रलाई फाइदा नै पुग्छ भन्ने लाग्दछ ।
एमाले भित्रका सच्चा प्रजातन्त्रवादीहरू पनि यसमा दंगदास देखिए ।
माओवादीहरू र माओवादीहरूलाई बोकेर एमालेको राजनीति गर्नेहरूमा मात्रै रूवाबासी चलेको देखियो ।

२. आफ्ना विचार र संगठन बोकेर राजनीति गरे भैगयो नी !
माओवादी हरूलाई आफ्ना विचार, दर्शन र सिद्धान्तमा विश्वास नभएको हो कि ?
बन्दुकको बलमा खडा संगठनलाई विचार, विश्वास र संगठन कुशलताको बलमा संगठन गर्ने हिम्मत र क्षमता नभएको हो कि ?
त्यसको आत्म विश्वास नभएको हो कि ?
त्यसैले अर्कोले खडा गरेको संगठनमा राज गर्न नपाइएको पीडा हो कि ?

३. हुन त माओवादीलाई संगठन अर्काको –– राजनीति र अवशरको लाभ आफ्नो पोल्टामा पार्ने अभ्यासमा गिरिजा प्रसाद, नेपाल,ओली, देउवा, पौडेल, सिटौला सवैले सघाएका हुन् क्ष्
गिरिजा प्रसाद , देउवाहरूलाई थाङ्नामा सुताउन सफल प्रचण्ड ओलीको त थाङ्नासम्म पनि खोस्दै थिए ।
ओलीजी ’ खुट्टा त मास्तिरै छ’ भन्दै छन् , वास्तविक स्थिति थाहा छैन ।

४. तर देउवा, पौडेल र सिटौलाजीहरू त्यो थाङ्नाको न्यानोको सम्झनामा रमाएर, अझै सन्चो मानेर त्यही थाङ्नो स्याहार्दै र सुम्सुम्याउन खोज्दै छन् ।
हुनत उनीहरूलाई वीपी, सुवर्ण,गणेशमान,किसुनजी र गिरिजाबाबुहरूले खडा गरेको संगठन विर्तामै मिलेको हो ।
वपौती जस्तो मै मिलेको हो ।
उहाँहरूकै कमाईमा मस्ती गरेका हुन् ।
संगठन क्षमता र वैचारिक तीक्ष्णता त कहिले देखाएका हुन् र ?
अहिले देखिएको त्यही त हो नी ,
यी काङ्ग्रेसीहरूकै राजनीतिक र वैचारिक असक्षमता र अस्वस्थ्य आचरणका कारण संसारभर बत्ती बालेर खोज्न हिड्नु पर्ने कम्युनिस्टहरू नेपालमा सरकारमा, संसदमा, सडकमा, पाखा, भित्ता सवैतिर छ्याप्छ्याप्ती छन् तै पनि यी हेर्नुस त !
हेरौँ भविष्यले के भन्छ !

५. यो मुलुकको स्वतन्त्रता, एकता, विकास र समृद्धिका समस्या नै यी नेताहरू हुन् ।
यिनीहरूसँग जोडिएका, यिनीहरूले उपलव्ध गराएका लाभमा बाँचेका, आशमा बाँचेका तर अघिल्लो पुस्ताभन्दा पनि भ्रष्ट युवापुस्ताका भनिनेहरू नै वर्तमान समस्याका जड हुन् ।
त्यो भन्दा पनि पछिल्लो पुस्तामा आशा र भर गर्न सकिएला तर यिनीहरू र यिनले पालेकाहरू राजनीतिमा रहुन्जेल देश उठ्दैन !

६. नयाँ मूल्य र विश्वास बोकेका स्वच्छ हात र स्वच्छ मष्तिष्कका धनी दृढ इच्छाशक्ति भएका युवाहरू नेतृत्वमा आउने परिवेश नहुञ्जेल यो मुलुकको भविष्य देखिन्न !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३० सांसदको समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेपछि गण्डकी प्रदेशसभामा कांग्रेसको विरोध

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा परेको छ

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

जापानी विदेशमन्त्री योको र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको