प्रचण्ड–नेपाल समूहद्वारा संसद बैठक बहिस्कार



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा सो समूहका सांसदले बैठक बहिस्कार गरेका हुन् ।

बैठकको सुरुमा नै प्रचण्ड–नेपाल समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको बताइका थिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौं । नेपालमा पर्यटक आगमनमा बृद्धि हुँदै गएको छ । विगत वर्षको तुलनामा

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

  जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका

काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ ।  काठमाडौँ  बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा