केपी ओली ‘कुहिएको अण्डा’हुन्ः प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कुहिएको अण्डा’को संज्ञा दिएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताए ।

उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए । माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अण्डाको संज्ञा दिएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अण्डा’ भएको बताए । उनले भने,‘एकपटक माओत्सेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले विग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अण्डा हो । कुहेको गन्हाएको अण्डालाई खाइँदैन नि ।’

प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गर्दे प्रचण्डले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए ।

उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै उनले अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे ।

उनले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए । उनले भने, ‘विप्लवजी पनि अन्ततोगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यस अर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्ततः उहाँ यही ठाउँमा,यही लाइनमा, यही टिममा आउनैपर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ म बाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाइँ यहाँ हुनुहुनेछ भनेको थिएँ । एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुँदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुँदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी