नेपालले कोभ्याक्सबाट साढे २२ लाख डोज खोप पाउने



काठमाडौं । नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने कोभ्याक्सले जनाएको छ ।

उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन् । सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ । कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम वितरण अनुमानका अनुसार दक्षिण एशियाका अन्य देशहरूले पनि खोप पाउने छन् ।
कुन देशको कित पाउँछन् ?

बाङ्ग्लादेशः एक करोड २७ लाख ९२ हजार मात्रा
भुटानः एक लाख आठ हजार मात्रा
भारतः नौ करोड ७१ लाख ६४ हजार मात्रा
मालदिभ्सः एक लाख आठ हजार मात्रा
पाकिस्तानः एक करोड ७१ लाख ६० हजार मात्रा र
श्रीलङ्काः १६ लाख ९२ हजार मात्रा
कोभ्याक्सको अनुसार अन्तरिम वितरण अनुमान तयारी सुरु गर्नका लागि मात्रै हो र यो परिवर्तन हुनसक्छ। सन् २०२० को अप्रिलमा मा विश्व स्वास्थ्य सङ्गठन, युरोपियन कमिशन र फ्रान्सले स्थापना गरेको एक्सेस टु कोभिड १९ टूल्सको एउटा अङ्ग कोभ्याक्स हो ।

ग्याभी, भ्याक्सीन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्छ।

यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब मात्रा खोप वितरण गर्ने लक्ष्य लिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्नेछन् भने ग्याभी–कोभ्याक्स–एएमसीअन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन् । नेपालले एएमसीअन्तर्गत सुविधा पाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याक्रोनले युक्रेनमा शान्तिका लागि ट्रम्पलाई ‘प्रस्ताव’ पेस गर्ने

वासिङ्टन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग

अफगानिस्तानमा बेलायती दम्पती पक्राउ

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।

कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ

मस्को । युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु