प्रदेश एकका ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप लगाइने



विराटनगर । प्रदेश एकमा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले जानकारी दिए । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश नं २ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले जानकारी दिए ।

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने