मोडेर्नाको खोप नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध जुझ्न सक्षम



अमेरिकी औषधि उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखापरेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका छन् ।

कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो । थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत् गर्नुपर्ने बताइएको छ । दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ ।

सुरुमा वेलायत र दक्षिण अफ्रिकामा देखापरेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरूमा देखिएको छ । कोभिडका यी नयाँ प्रकार द्रूत गतिमा कैयन् देशमा फैलिसकेका छन् ।

भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दा बढ्ता सङ्क्रमित पार्नसक्ने देखिएको छ । सेप्टेम्बर महिनामा वेलायतबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिसतसम्म थप सङ्क्रामक पाइएको विज्ञहरू बताउँछन् ।

यतिखेर तयार रहेका खोपहरू भाइरसको सुरुवाती प्रकारका बेला तयार पारिएका हुन् । तर वैज्ञानिहरूले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छ/गर्दैन भन्ने थाहा हुन बाँकी छ ।

केही सुरुवाती नतिजाका आधारमा फाइजरको खोपले नयाँ वेलायत/भेरियन्टबाट जोगाउने देखाएको छ । मोडेर्नाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले उसको खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूनालाई जाँचेका थिए ।

उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो । शरीरको प्रतिरोधी प्रणालीले तयार पार्ने भाइरसलाई निस्क्रिय पार्ने तत्वका कारण भाइरसहरू मानव कोशिकामा प्रवेश गर्न पाउँदैनन् ।

नयाँ प्रकारको सम्पर्कमा आएका रगतका नमूनामा भाइरसलाई निस्क्रिय पार्ने पर्याप्त एन्टीबडी देखा परेको हो । तर त्यो दक्षिण अफ्रिकाबाट देखा परेको प्रकारका हकमा भने वेलायत/प्रकारजत्तिको बलियो पाइएको थिएन । मोडेर्नाले भनेको छ– त्यसको अर्थ दक्षिण अफ्रिका/भेरियन्टका हकमा भने भाइरसबाट बचाउने क्षमता छिट्टै हराउन सक्छ । तेस्रो खेप बुस्टर खोप दिनु कत्तिको लाभदायक छ भन्ने यतिखेर मोडेर्नाले जाँचिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्घाखाँचीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा भीषण आगलागीका

माथिल्लो अरुणमा विश्व बैंक वित्तिय व्यवस्थापन गर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि