अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश, न्यायालय र पत्रकारहरुप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्वप्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।’

प्रवक्ता शर्माले प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेको उल्लेख गरेका छन् ।

‘आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ । उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३० सांसदको समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेपछि गण्डकी प्रदेशसभामा कांग्रेसको विरोध

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा परेको छ

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

जापानी विदेशमन्त्री योको र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको