ओलीले अदालत र न्यायाधीशलाई डर देखाइएका कारण सुनुवाइ प्रक्रिया लम्ब्याइएको भट्टराईको आशंका



बुटवल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरजस्तै निरंकुश र तानाशाही नेता भएकाले उनी छिट्टै पतन हुने बताएका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु तानाशाही प्रवृत्ति भएको बताएका हुन् । भट्टराईले प्रधानमन्त्रीको कदम प्रतिगमन मात्र नभई लोकतन्त्र र संविधानमाथिकै प्रहार भएको बताए ।

ओली आन्तरिक रूपमा कमजोर तर महत्वाकांक्षी भएकाले देशीविदेशी शक्तिले उपयोग गरेको भट्टराईले आरोप लगाए । उनले अदालत र न्यायाधीशलाई डर देखाइएका कारण सुनुवाइ प्रक्रिया लम्ब्याइएको आशंका गरे । भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाविना कुनै हालतमा निर्वाचन नहुने तर ध्यान विकर्षण गर्न मात्रै चुनावी तयारीको नाटक गरिएको आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौँ । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई

सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उड्दै, नेपालमा दैनिक ७३ को मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज

यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल