‘पार्टी सिस्टम काम छैन, राजा राख्ने नेपाल चलाउने’



काठमाडौं । केही समयदेखि सडकमा दैनिकजसो राजतन्त्रका पक्षमा नारा लाग्न थालेको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंलगायत देशका विभिन्न सहरमा सभादेखि मोटरसाइकल र्यालीसमेत हुँदै आएका छन् ।

अझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त राजावादीहरुको आवाज झन बढेको छ । करिव करिव दुई तिहाइ बहुमत भएको सरकारले संसद विघटन गरेपछि त नागरिकहरुमा पनि दलहरुप्रतिको वितृष्णा झनै बढेको छ । यस्तै विचार व्यक्त गरेकी छन् नायिका करिश्मा मानन्धरले पनि ।

उनले बुधबार सामाजिक संजाल फेसबुकमार्फत यस्तो विचार व्यक्त गरेकी हुन् । उनले लेखेकी छन्, धेरै कमेन्ट हेरे ! यो कामै छैन ! पार्टी सिस्टम काम छैन । दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वनमा डढेलो लगाएको आरोपमा काभ्रेमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

जापानका परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्