छिमेकी देशलाई भारतले बुधबारदेखि कोभिडविरुद्धको खोप उपलब्ध गराउने



भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधबारदेखि कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमारलाई बुधबारदेखि खोप अनुदानमा वितरण गरिने उल्लेख छ ।

नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन । भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो ।

अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आइएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ ।

विदेश मन्त्रालयको विज्ञप्तिमा देशभित्रका उत्पादकहरूले भारतभित्रको आन्तरिक माग पुरा गर्ने हिसाबको पर्याप्त भण्डारण गरेपछि खोप बाहिर पठाउने कुरा सुनिश्चित गरिने उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीद्वारा दाबी पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा