लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँः वरिष्ठ नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आइतबार आयोजना गरेको श्रद्धाञ्जलिसभामा पौडेलले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट गरे ।

उनले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको भन्दै उनी जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको बताए । उनले भने, “राजनीति त्यागको पाटो हो । यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ ।”
सभामा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताए ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले लगनशील र त्यागी नेताकै कारण कांग्रेस जीवन्त रहँदै आएको बताए ।
विसं २००१ फागुन २५ गते लमजुङको दुराडाडाँमा जन्मिएका तिमिल्सिनाको विसं २०७७ पुस २७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनी तत्कालीन नारायणपुर गाउँ पञ्चायतमा दुई पटक अध्यक्ष र भरतपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भएका थिए । समाजसेवामा पनि क्रियाशील तिमिल्सिनाले पार्टीका लागि सरकारी जागिर छाडेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका