पार्टी एकता विरोधी कुनैपनि भ्रमात्मक प्रचारमा नपर्न प्रचण्डको अपील



काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन आह्वान गरेका छन् ।

सोमबार बिहान विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने भन्दै त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न सबैलाई अपील गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ , ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याउ बिक्रीबाट यसवर्ष जुम्लामा भित्रियो ६१ करोड ४१ लाख

जुम्ला । यो वर्ष जुम्ला जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन

आज तिहारको कुनै पर्व छैन, गाई तिहार शनिबारः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि

माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने