थप ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९२४४ पुगेको छ ।
त्यस्तै सोमबार थप ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २३६५७३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१६ पुगेको छ । क्वारेन्टाइनमा ४७१ जना रहेका छन् भने आइसोलेसनमा १०९५५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।