थप ८३० जनामा कोरोना संक्रमण, १५ सय जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४८४२३ पुगेको छ ।
त्यसैगरी आइतबार थप १५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या २३५७३१ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना रहेका छन् भने आइसोलेसनमा १०९९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।