थप १०४४ जनालाई कोरोना संक्रमण, १२७१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६६९४ पुगेको छ ।
त्यसैगरी शुक्रबार थप १२७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २३२८७२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७४ पुगेको छ ।
क्वारेन्टाइनमा ५१९ जना रहेका छन् भने आइसोलेसनमा १२१४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।