अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस



अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्साविज्ञहरूले फाइजर(बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न सकिनेगरी समर्थन जनाएका छन् ।

खोपको गुणदोष केलाउन विज्ञहरूको २३ सदस्यीय उक्त दलले बैठक गरेपछि त्यस्तो निर्णय आएको हो । फाइजरको खोप सर्वसाधारणका लागि लगाउन वेलायत, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन् । तर उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ ।

खोपबारे विज्ञहरूको सिफारिस अमेरिकामा एकैदिन तीन हजार बढीले कोरोनाभाइरस जोडिएका घटनामा ज्यान गुमाएको भोलिपल्ट आएको हो । एकैदिन मृत्युको त्यस्तो सङ्ख्या विश्वमै अहिलेसम्मको उच्च हो । एफडिएको उक्त बैठकपछि अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स एजारले भनेका छन्, ‘त्यसोभए अब हामीले केही दिनमै खोप पाउनेछौँ र अर्को साताबाट सबैभन्दा बढ्ता जोखिममा रहेकाहरूलाई दिन थाल्नेछौँ।’

सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ । फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ ।

तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसङ्ख्या भएको अमेरिकाका झण्डै ३० लाख जनसङ्ख्याका लागि मात्र पुग्नेछ । अमेरिकाका सङ्घीय अधिकारीहरूका अनुसार एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा गरिएको छ ।

तर बाँकी समूहहरूमा कसरी खोप वितरण गर्ने भन्ने बिषयमा अधिकारीहरूमाझ फरक-फरक मत पाइएका छन् । दोस्रो चरणमा देशका झण्डै आठ करोड ७० लाख अत्यावश्यक सेवामा काम गर्नेहरूलाई खोप दिने बताइएको छ ।

तर कुन उद्योगहरूलाई प्राथमिकता दिने भन्ने निर्णय भने राज्यहरूले गर्नुपर्नेछ । अधिकारीहरूका अनुसार उच्च जोखिममा नरहेका समूहहरूका लागि कोरोनाभाइरसको खोप सन् २०२१ को बसन्त याममा लगाइने अपेक्षा गरिएको छ । अमेरिकामा मोडर्ना र नेशनल इन्स्चिच्युट अफ हेल्थले तयार पारेको अर्को खोपले समेत स्वीकृति खोजिरहेको छ । फाइजरलेझैँ उक्त खोपका लागि समेत दोस्रो खेप आवश्यक पर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

म्याक्रोनले युक्रेनमा शान्तिका लागि ट्रम्पलाई ‘प्रस्ताव’ पेस गर्ने

वासिङ्टन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग

अफगानिस्तानमा बेलायती दम्पती पक्राउ

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।