थप १२१७ जनामा कोरोना संक्रमण, १०६४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५६५० पुगेको छ ।
त्यस्तै बिहीबार थप १०६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३१६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ । क्वारेन्टाइनमा ५१५ जना रहेका छन् भने आइसोलेसनमा १२३८६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।