थप १०२४ जनालाई कोरोना संक्रमण, २२०६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०२४ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३९८८५ पुगेको छ ।
त्यसैगरी शनिबार थप २२०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२४०५३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ । क्वारेन्टाइनमा ५३६ जना रहेका छन् भने आइसोलेसनमा १४२५५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।