थप १३४३ जनामा कोरोना संक्रमण, २१११ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३७५८९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २१११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २२०२७२ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ । क्वारेन्टाइन्मा ५७६ जना छन् भने आइसोलेसनमा १५७६६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।