कोभिडका कारण फोक्सोमा दीर्घकालीन असर



अनुसन्धानकर्ताहरूले कोभिड १९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए ।

यो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो । फोक्सोका विज्ञहरूका अनुसार फोक्सोमा परेको दीर्घकालीन असर पत्ता लगाउने परीक्षणले कोभिड १९ का बिरामीहरूलाई धेरै फरक पार्छ । जिनन विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ ।

सो विधिको अगुवाइ गरिरहेका प्राध्यापक फर्गस ग्लीसनले १९ र ६९ वर्ष उमेरबीचका १० जना बिरामीमा परीक्षण गरेका थिए । तीमध्ये आठ जनाले सङ्क्रमित भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ आएको अनि थकान अनुभव भइरहेको बताएका थिए जबकि उनीहरू कसैलाई पनि सघन उपचारको वा भेन्टिलेसनको खाँचो परेको थिएन ।

साधारण स्क्यान गर्दा उनीहरूको फोक्सोमा कुनै खराबी पनि भेटिएको थिएन । तर नयाँ विधिबाट जाँच्दा फोक्सोको क्षति देखियो। त्यहाँ रगतमा सजिलै सास नमिसिएको देखिएको थियो । यो नतिजापछि अब प्राध्यापक ग्लीसनले १०० जनामा परीक्षण गर्ने योजना बनाएका छन् । अस्पताल भर्ना नभएका र गम्भीर लक्षण नदेखिएका विभिन्न उमेर समूहका बिरामीहरूको उनले परीक्षण गर्नेछन् ।
दीर्घ कोभिडको कारण
उनको मुख्य उद्देश्य फोक्सोको क्षति जाँच्नु र त्यो स्थायी हो वा होइन भनेर हेर्नु रहेको छ । उनले भने, फोक्सोमा केही क्षति पुगेको होला भनेर त मैले ठानेको थिएँ। तर यो स्तरमा होला भनेर सोचेको थिइनँ।’ ६० वर्षभन्दा माथिका उमेरका मानिसमा गम्भीर कोभिड १९ र कोभिड १९ बाट हुने मृत्युको सम्भावना बढेको पाइन्छ ।

तर यदि यो परीक्षणले विभिन्न उमेर समूहका मानिस अनि अस्पताल जान नपरेका मानिसमा पनि फोक्सोमा क्षति पुगेको देखायो भने त्यसले धेरै कुरा बदलिदिन सक्छ । उनको विचारमा कैयौँ सङ्क्रमित मानिसहरूले लामो समयसम्म अस्वस्थता अनुभव गरिरहेको दीर्घ कोभिडको पछाडि जिनन स्क्यानले देखाएका फोक्सोमा पुगेको क्षति नै मुख्य कारण हुनसक्छ ।

डा. शेली हेल्स अक्सफोर्डस्थित चिकित्सक हुन् जो यो परीक्षण गराउने काममा पनि जुटेकी छन् । उनी ठान्छिन् कोभिड १९ बाट बिरामीभएका मध्ये १० प्रतिशत जतिको फोक्सोमा यस्ता क्षति पुगेको हुनसक्छ जसले गर्दा लामो समयसम्म लक्षण देखिइरहन्छ । ‘अहिले (ब्रिटेनमा) १२ लाखभन्दा धेरैमा सङ्क्रमण भइसकेको छ। त्यसको १० प्रतिशत भनेको निकै ठूलो सङ्ख्या हो,’ उनले भनिन् । ‘जब स्वास्थ्यकर्मीले बिरामीलाई के भइरहेको छ र कसरी ठीक पार्ने भनेर बताउन सक्दैनन्, त्यो निकै सकसपूर्ण हुन्छ।’ ‘अधिकांश बिरामीहरू खराब समाचार भएपनि रोगको यकिन निदान भएको हेर्न चाहन्छन्।’

डा. सामन्था वाकर आस्थमा बेलायत तथा ब्रिटिश लङ् फाउन्डेशनकी अनुसन्धान निर्देशक हुन् । उनी भन्छिन्, ‘यो चाखलाग्दो परीक्षण हो। कोभिडले फोक्सोमा पु¥याउने क्षतिबारे थप र विस्तारपूर्ण ढङ्गले परीक्षण हुनैपर्छ।’ “यदि परीक्षणले फोक्सोमा क्षति पुग्ने देखाउँछन् भने त्यसले क्षतिको स्तर नाप्ने परीक्षण विधिको विकास हुनसक्छ र विशेष उपचारको पनि विकास हुनसक्छ।’
पल्लव घोष
विज्ञान सम्वाददाता, बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

म्याक्रोनले युक्रेनमा शान्तिका लागि ट्रम्पलाई ‘प्रस्ताव’ पेस गर्ने

वासिङ्टन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग

अफगानिस्तानमा बेलायती दम्पती पक्राउ

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।