थप १४७४ जनामा कोरोना संक्रमण, १९३१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३३४५२ पुगेको छ ।
त्यस्तै सोमबार थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २१४५२१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको छ । क्वारेन्टाइनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७४२३ जना सक्रिय संक्रमित रहेका छन् ।