थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०७२३ पुगेको छ ।
त्यस्तै शनिबार थप ५१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २१११८६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५४ पुगेको छ । क्वारेन्टाइनमा ६१८ जना रहेका छन् भने आइसोलेसनमा १८०८३ जना सक्रिय संक्रमित रहेका छन् ।