संसदीय सुनुवाई समितिबाट न्याय परिषदको सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन



काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो ।

नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य बन्ने बाटो खुल्ला भएको छ । समितिको बैठकमा भएको छलफलपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा श्रेष्ठले चार बुँदे कार्ययोजना प्रस्तुत गर्दै न्यायपरिषदको काम र भूमिका पारदर्शी बनाउने बताए न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, सक्षम र उत्तरदायी बनाउन पनि आफूले भूमिका खेल्ने उनले बताए । बारबाट सिफारिस भएका यसअघिका न्याय परिषद् सदस्य रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय