विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुन्छः सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । शुक्रबार संघीय संसद् सचिवालयद्वारा काठमाडौंमा आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा सभामुख सापकोटाले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गरे ।

संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताए । उनले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँलयाए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानका मौलिक हक र समाजवादोन्मुख राजनीतिक लक्ष्य निरन्तर कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तह सबैको भूमिका आवश्यक रहेको बताए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेको लैङ्गिक समानताको प्रावधान व्यावहारिक कार्यान्वयनका बारेमा बहस जरुरी रहेको बताइन् । उनले कानून निर्माणमा सभामुख र उपभासभामुखको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा सङ्घीय संसद्का सभामुख, अध्यक्ष र उपाध्यक्षका साथै बिभिन्न प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहेको छ । सम्मेलन दुईदिनसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एकसय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको